काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनैपनि बेला टुट्नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।
अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारुढ गठबन्धन कुनैपनि बेला टुट्नसक्ने अवस्थामा पुगेको उल्लेख गर्दै राष्ट्रपति निर्वाचन पछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिन्छ ? भन्ने टुंगो लाग्ने समेत बताए । आईतवार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टी निकट अनेरास्ववियु स्थायी कमिटी बैठकको उद्घाटन गर्दै उनले सबै पद आफैँले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हाबी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्रै भन्न सकिने बताए ।
त्यसका लागि अब एक हप्ता मात्रै पर्खे पुग्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीमा काँग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काउलान् कि भन्ने चिन्ता छाएको पनि बताए ।
प्रतिक्रिया