चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ४२ हजार ९६२ मतान्तरले विजयी भएका छन् ।
लामिछाने ५४ हजार १७६ मत ल्याएर विजयी भए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत पाए । त्यस्तै नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मतसहित तेस्रो स्थानमा रहे ।
यसभन्दा अघि मंसिर ४ गते भएको निर्वाचनमा यहाँबाट लामिछाने नै निर्वाचित भएका थिए । नागरिकता प्रकरणमा उनले पद गुमाएपछि रिक्त स्थानका लागि उपनिर्वाचन भएको हो ।आइतबार भएको मतदानमा यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो ।
प्रतिक्रिया