बाला चतुर्दशीमा प्रकाशमय पशुपति

बाला चतुर्दशीमा प्रकाशमय पशुपति


काठमाडौं । पशुपति क्षेत्रमा यस वर्ष बाला चतुर्दशी मेलाको भव्य रौनक देखियो । असंख्य प्रज्वलीत दीपहरुबाट निस्कीएको प्रकाश, पितृ शान्तिको कामना अनि भक्तजनहरुको रातभरीको जागरामले पशुपति क्षेत्र दिव्य आलोकित देखिन्थ्यो ।

 
कोरोना महामारीका कारण गत वर्ष मेला लाग्न पाएको थिएन । यस वर्ष स्वास्थ्य सुरक्षा विधि अपनाउँदै आयोजित मेलामा भक्तजनको उल्लेख्य सहभागिता रह्यो ।


विहिबार मार्ग शीर्षकृष्ण त्रयोदशीको राती पशुपतिनाथको मूल मन्दिर प्रांगणमा दिवंगत पितृको नाममा महादीपदान गरियो । महादीपदानमा देशका विभिन्न भागबाट आएका लाखौं भक्तजनको घुईंचो लागेको थियो । 


रातभर महादीपदान गरेका भक्तजनले शुक्रवार चतुदर्शीका दिन बिहानै स्नान गरेर पशुपति क्षेत्रको मृगस्थलीलगायतका क्षेत्रमा शतबीज छरे । यसरी शतबीज छर्दा पितृले शान्ति प्राप्त गर्ने धार्मिक विश्वास रहँदै आएको छ ।

प्रतिक्रिया