सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेपछि बन्यो नयाँ रेकर्ड

काठमाडौँ, २१ वैशाख : सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ  । 

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर एक लाख ११  हजार आठ सय कायम भएकाे छ । 

महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ । (रासस)

प्रतिक्रिया