स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित 'विइङ ह्युमन'का म्यानेजर पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।     महानगरीय प्रहरी परिसर, काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गएराति पक्राउ गरेको हो ।   

 महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा रकमसहित खनाललाई पक्राउ गरेको हो ।  

पक्राउ परेका खनालसँग प्रहरीले एक हजार दरका १०० वटा भएको ४९ बण्डल,  ५०० दरको १०० वटा भएको ४१ बण्डल र नीलो रङको झोला एक थान बरामद गरेको छ । पक्राउ परेका खनाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया