२०८३ कार्तिक १३ गते शुक्रबार

Business Intelligence Platform

अब कृषि विकास बैंकको एपबाटै डिसहोम नवीकरण

डिसहोमका ग्राहकले अब कृषि विकास बैंकको ‘स्मार्ट प्लस’ मोबाइल एपबाटै इन्टरनेट र टेलिभिजन सेवाको नवीकरण गर्न सक्ने भएका छन्। यस सुविधाले सेवा नवीकरणका लागि छुट्टै काउन्टर वा अन्य माध्यम खोज्नुपर्ने झन्झट कम गर्नेछ।

१३ कार्तिक २०८३
अब कृषि विकास बैंकको एपबाटै डिसहोम नवीकरण
दृश्य टिभी

काठमाडौं । डिसहोमका ग्राहकले अब कृषि विकास बैंकको ‘स्मार्ट प्लस’ मोबाइल एपबाटै इन्टरनेट र टेलिभिजन सेवाको नवीकरण गर्न सक्ने भएका छन्। यस सुविधाले सेवा नवीकरणका लागि छुट्टै काउन्टर वा अन्य माध्यम खोज्नुपर्ने झन्झट कम गर्नेछ।

कृषि विकास बैंकका ग्राहकले स्मार्ट प्लस एप प्रयोग गरी डिसहोम इन्टरनेट र आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट र डीटीएच टेलिभिजनको संयुक्त प्याकेज तथा डिसहोम डीटीएच टेलिभिजन सेवा नवीकरण गर्न सक्नेछन्।

डिजिटल भुक्तानी सुविधाको विस्तारसँगै ग्राहकले घरमै बसेर मोबाइलबाटै सेवा नवीकरण गर्न सक्नेछन्। यसबाट समय बचत हुनुका साथै सेवा नवीकरण प्रक्रिया थप सहज हुने अपेक्षा गरिएको छ।

डिसहोमले ग्राहकलाई सहज र सुविधाजनक सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न विद्युतीय भुक्तानी माध्यमबाट नवीकरण गर्न सकिने व्यवस्था गर्दै आएको छ। स्मार्ट प्लस एपका अतिरिक्त अन्य उपलब्ध डिजिटल भुक्तानी माध्यमबाट पनि ग्राहकले आफ्ना सेवा नवीकरण गर्न सक्ने कम्पनीले जनाएको छ।

डिजिटल माध्यमबाट भुक्तानी तथा सेवा नवीकरणका विकल्प विस्तार गर्ने डिसहोमको पहलले ग्राहकलाई आफूअनुकूल माध्यम छनोट गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *