२०८३ कार्तिक २० गते शुक्रबार

Business Intelligence Platform

नेपाली हिप–हपलाई राष्ट्रिय मञ्च दिँदै ‘हसल बाई नेपहप’

TVS NTORQ शीर्ष प्रायोजक, कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने

२० कार्तिक २०८३
नेपाली हिप–हपलाई राष्ट्रिय मञ्च दिँदै ‘हसल बाई नेपहप’
दृश्य टिभी

काठमाडौं । नेपाली हिप–हप संगीत र र्‍याप संस्कृतिलाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ।

मलिन मिडिया एन्ड इभेन्ट प्रालिले आयोजना गर्न लागेको उक्त कार्यक्रमको शीर्ष प्रायोजक (टाइटल स्पोन्सर)का रूपमा TVS NTORQ जोडिएको छ। ‘TVS NTORQ Presents Hustle by NepHop’ नाममा सञ्चालन हुने कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिने आयोजकले जनाएको छ।

अन्तर्राष्ट्रिय र्‍याप रियालिटी शोको अवधारणामा आधारित यस कार्यक्रमले नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति र सामाजिक परिवेशलाई प्राथमिकता दिनेछ। यसमार्फत नेपालको आफ्नै हिप–हप पहिचानलाई स्थापित गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा र्‍याप प्रतिस्पर्धा, मेन्टरसिप र सांगीतिक प्रस्तुतिलाई समेटिनेछ। स्थापित र्‍यापरदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई आफ्नो कला र सिर्जनशीलता राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरिने आयोजकको भनाइ छ।

नेपाली युवापुस्तामाझ लोकप्रिय बन्दै गएको हिप–हप संस्कृतिलाई थप विस्तार गर्ने उद्देश्यले TVS NTORQ ले सहकार्य गरेको हो। युवाको ऊर्जा, आत्मविश्वास र सिर्जनशीलतासँग जोडिएको ब्रान्ड भएकाले कार्यक्रमसँगको साझेदारीले नेपाली हिप–हप क्षेत्रलाई प्रोत्साहन पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

‘गल्लीदेखि ग्लोरीसम्म’ (Gully to Glory) भन्ने मूल नारासहित अघि बढ्ने कार्यक्रमले नेपाली र्‍याप प्रतिभालाई ठूलो मञ्च प्रदान गर्नुका साथै संगीत क्षेत्रमा नयाँ सम्भावना पहिचान गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

कार्यक्रम प्रसारण हुने मिति र अन्य विस्तृत विवरण भने चाँडै सार्वजनिक गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *