२०८३ असोज १३ गते मङ्गलबार

Business Intelligence Platform

वर्षदिनमा ७ खर्ब २० अर्बको घरजग्गा कारोबार

नेपालमा घरजग्गा कारोबारको रकम एक वर्षमा झन्डै ८७ प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ ।

३० भदौ २०८३
वर्षदिनमा ७ खर्ब २० अर्बको घरजग्गा कारोबार
दृश्य टिभी

काठमाडौं । नेपालमा घरजग्गा कारोबारको रकम एक वर्षमा झन्डै ८७ प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले आज मंगलवार सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२र८३ मा मुलुकभर ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८१र८२ मा ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको थियो । त्यसको तुलनामा गत आर्थिक वर्षमा कारोबार रकम ३ खर्ब ३४ अर्ब ७१ करोड रुपैयाँले बढेको हो ।

कारोबारको रकम उल्लेख्य बढे पनि कारोबार संख्यामा भने त्यसअनुसार वृद्धि भएको छैन । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२र८३ मा घरजग्गा कारोबारको संख्या ४ दशमलव ७४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा भने यस्तो कारोबार संख्या १ दशमलव ८४ प्रतिशतले घटेको थियो ।