नेपालमा आयो iPhone 18 Pro: मूल्य २ लाख ५९ हजार ९ सयदेखि ५ लाख ३४ हजार ९ सयसम्म
नेपाली बजारमा iPhone 18 Pro सिरिजको मूल्य स्टोरेज क्षमताअनुसार फरक–फरक छ। iPhone 18 Pro को सुरुआती मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ भने सबैभन्दा महँगो iPhone 18 Pro Max २ टेराबाइटको मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँ पुगेको छ।
काठमाडौं । एप्पलको नयाँ iPhone 18 Pro सिरिज नेपाली बजारमा पनि औपचारिक रूपमा उपलब्ध हुने भएको छ। एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन (GENXT) ले आगामी १, अक्टोबर २०२६ देखि नेपालमा iPhone 18 Pro र iPhone 18 Pro Max सार्वजनिक गर्ने जनाएको छ।
नयाँ सिरिज सार्वजनिकसँगै नेपाली उपभोक्ताका लागि विभिन्न लन्च अफर पनि ल्याइएको छ। अक्टोबर १ देखि १० सम्म iPhone 18 Pro सिरिज खरिद गर्ने ग्राहक GENXT Lucky Draw मा सहभागी हुन सक्नेछन्।
लक्की ड्रमार्फत २५ लाख रुपैयाँ बराबरको ग्रान्ड प्राइज जित्ने अवसरसमेत दिइएको छ। यसअन्तर्गत १८ जना ग्राहकले Apple Watch Series 11 जित्न सक्नेछन्।
त्यसैगरी iPhone 18 Pro सिरिज खरिद गर्ने ग्राहकले SHIELD PRO र २० वाटको ओरिजिनल एडाप्टर पनि प्राप्त गर्नेछन्।
किस्तामा किन्न चाहनेलाई पनि सुविधा

महँगो मूल्यका कारण एकैपटक रकम तिर्न कठिन हुने ग्राहकलाई लक्षित गर्दै कम्पनीले किस्ताको सुविधा पनि ल्याएको छ।
नबिल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले १२ महिनासम्म शून्य ब्याजदरमा ईएमआई सुविधा लिन सक्नेछन्। क्रेडिट कार्ड नभएका ग्राहकका लागि भने AW Cardless EMI सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
त्यस्तै, पहिलो २०० जना २०० प्रिपेड सिम प्रयोगकर्ता ग्राहकले तीन महिनासम्म असीमित डेटा र असीमित भ्वाइस प्याक निःशुल्क पाउनेछन्।
कति पर्छ iPhone 18 Pro ?
नेपाली बजारमा iPhone 18 Pro सिरिजको मूल्य स्टोरेज क्षमताअनुसार फरक–फरक छ। iPhone 18 Pro को सुरुआती मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ भने सबैभन्दा महँगो iPhone 18 Pro Max २ टेराबाइटको मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँ पुगेको छ।
मूल्य विवरण यस्तो छ
मोडल स्टोरेज मूल्य
iPhone 18 Pro २५६ जीबी रु. २,५९,९००
iPhone 18 Pro ५१२ जीबी रु. ३,०१,९००
iPhone 18 Pro १ टेराबाइट रु. ३,८६,९००
iPhone 18 Pro २ टेराबाइट रु. ५,१३,९००
iPhone 18 Pro Max २५६ जीबी रु. २,७९,९००
iPhone 18 Pro Max ५१२ जीबी रु. ३,२२,९००
iPhone 18 Pro Max १ टेराबाइट रु. ४,०७,९००
iPhone 18 Pro Max २ टेराबाइट रु. ५,३४,९००
यसअनुसार iPhone 18 Pro Max २ टेराबाइट किन्न नेपाली उपभोक्ताले ५ लाख ३४ हजार ९ सय रुपैयाँसम्म खर्च गर्नुपर्नेछ। सामान्यतर्फको २५६ जीबी iPhone 18 Pro को मूल्य पनि २ लाख ५९ हजार ९ सय रुपैयाँ छ।
कम्पनीले नयाँ फोनसँगै ल्याएका अफर, किस्ता सुविधा र उपहारले महँगो मूल्यको फोन खरिदलाई केही सहज बनाउने अपेक्षा गरेको छ। तर उपभोक्ताका लागि भने मोडल छनोट गर्दा स्टोरेज क्षमता, मूल्य र उपलब्ध अफर तीनवटै पक्ष तुलना गर्नु उपयोगी हुनेछ।