‘अवैध तरिकाले भित्रिने मोवाईल फोन राष्ट्रिय सुरक्षाको कारण बन्ने जोखिम छ’ दीपक मल्होत्रा, बरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्श
नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले नेपालमा ‘सम्पत्ति शुध्दिकरण’ को आतंक छाएको टिप्पणी गरेका छन्। कुनै ठोस आधार र प्रमाणबिना नै उद्योगी व्यवसायी विरुध्द ‘सम्पत्ति शुध्दिकरण’ को उजुरी दिएर त्यसको अनुसन्धान समेत नगरी पहिला थुन्ने अनिमात्र सुन्ने गलत प्रवृत्ति हावी भएको मल्होत्राको भनाई छ।
काठमाडौं। नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले नेपालमा ‘सम्पत्ति शुध्दिकरण’ को आतंक छाएको टिप्पणी गरेका छन्। कुनै ठोस आधार र प्रमाणबिना नै उद्योगी व्यवसायी विरुध्द ‘सम्पत्ति शुध्दिकरण’ को उजुरी दिएर त्यसको अनुसन्धान समेत नगरी पहिला थुन्ने अनिमात्र सुन्ने गलत प्रवृत्ति हावी भएको मल्होत्राको भनाई छ।
यही कात्तिक २० गते शुक्रबार दृश्यटिभीसँगको सम्वादमा सुपरिचित व्यवसायी मल्होत्राले नयाँ सरकारले सत्ता सम्हालेपछि सुरुका दिनहरुमा यसरी नै उद्योगी व्यवसायी सताईएका घटनाहरु स्मरण गर्दै तर पछिल्ला दिनहरुमा त्यस्ता कार्य रोकिएको समीक्षा गरे। उनको भनाईमा सरकारले निजी क्षेत्रसँगको सहकार्य र हातेमालोबिना देशको आर्थिक उन्नति सम्भव नभएको कुरा महसुस गरेको आफूले ठम्याएको बताए।
यसबीच निजी क्षेत्रका संगठित संस्थाहरुसँग सरकारले निरन्तर सम्वाद गरिरहेको छ। देशकै निजी क्षेत्रको जेठो संस्था नेपाल चेम्बर अफ कमर्शको नेतृत्वसँग प्रधानमन्त्री, विभागीय मन्त्रीहरु र प्रधानमन्त्रीका सहयोगीहरुले उद्योग व्यवसाय क्षेत्रका समस्या तथा समाधानका उपायहरुबारे मसिनोगरी परामर्श गरेको वरिष्ठ उपाध्यक्ष मल्होत्राले चर्चा गरे।
सरकारी निकायहरुले आर्थिक अनियमितता र अन्य समस्यालाई एउटै दृष्टिले हेर्नाले पनि समस्याको वास्तविक समाधान हुननसकेको बरिष्ठ उपाध्यक्ष मल्होत्राको बुझाई छ। यी दुइ बिषयलाई छुट्याएर हेर्नेबित्तिकै समस्या समाधान सहज हुने उनको भनाई छ। सरकारसँगका निरन्तर सम्वादबाट मल्होत्रालाई विश्वास लागेको छ कि नयाँ सरकार पछिल्ला दिनहरुमा आएर निजी क्षेत्रसँग सहकार्य र हातेमालो नगरी देशको आर्थिक उन्नति र समृध्दि सम्भव छैन।
बरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले नीतिगत सुधारका पक्षमा विस्तृत चर्चा गर्दै नेपालमा बढ्दो मोवाइल व्यापारसँगै अवैध मोवाईल फोन भित्रिनाले आपराधिक क्रियाकलाप बढ्ने हुँदा राष्ट्रिय सुरक्षामा समेत चुनौति थपिने अवस्था रहेको औंल्याएका छन्।
मल्होत्रासँगको भिडियो सम्वाद यो लिंकमा हेर्न सकिने छ- https://youtu.be/KF5AvaWaGRk