२०८३ असोज १३ गते मङ्गलबार

Business Intelligence Platform

बाढीपहिरो पीडितका लागि ७ बर्षीय बालकको उदाहरणीय उपहार

७ बर्षका अर्जुनले आफ्नो जन्मदिनमा नेपालका बाढी पीडित बालबालिकाको लागि प्रेरणादायक उपहार प्रदान गरेका छन् । हैटीमा जन्मिएका अर्जुनका पिता नेपाली हुन भने आमा हैटीकी नागरिक हुन् ।

३० भदौ २०८३
बाढीपहिरो पीडितका लागि ७ बर्षीय बालकको उदाहरणीय उपहार
दृश्य टिभी

काठमाडौं । ७ बर्षका अर्जुनले आफ्नो जन्मदिनमा नेपालका बाढी पीडित बालबालिकाको लागि प्रेरणादायक उपहार प्रदान गरेका छन् । हैटीमा जन्मिएका अर्जुनका पिता नेपाली हुन भने आमा हैटीकी नागरिक हुन् ।

क्यानडाको एडमन्टनमा बसोबास गर्ने अर्जुनराज पौडेलले आफ्नो सातौं जन्मदिनको अवसरमा साथीहरूसँग उपहारमा पैसा दिन आग्रह गरेर त्यसबाट संकलित रकम नेपालका बाढीपीडित बालबालिकालाई सहयोग गरेका छन्।

अर्जुनले जन्मदिनमा प्राप्त भएको १५०० क्यानडियन डलर अर्थात् नेपाली करिब १ लाख ६५ हजार रुपैयाँ नेपाल केन्दृत एक क्यानेडियन मुनाफा रहित संस्था ‘ह्याप्पी नेपाल फाउन्डेसन’मार्फत नेपालका बालबालिकालाई सहयोग गरेका हुन्।

हैटीमा हिंसा र अशान्ति बढेपछि उनीहरू क्यानडामा बसाइँ सरेर बसोबास गर्दै आएका छन्। अर्जुन नेपाली भजन तथा कीर्तन गाउनमा पनि निकै रुचि राख्छन्। भजन- कीर्तनमा आफ्नो पिता शान्तिराज पौडेलको प्रेरणा रहेको उनी बताउँछन् ।

अर्जुनको यो उदाहरणले विदेशमा बस्ने नेपाली तथा अन्य समुदायका बालबालिकालाई पनि आफ्नो जन्मदिनलाई सामाजिक सेवामा समर्पित गर्न प्रेरणा दिएको छ।