२०८३ असोज १३ गते मङ्गलबार

Business Intelligence Platform

कालिञ्चोक दर्शनको आधारभूत शेयरधनीहरुले शेयर विक्रीको तयारी बढाउँदै, १२ जनाको विक्री आवेदन

कालिञ्चोक दर्शन लिमिटेडको शेयर विक्री गर्न चार सदस्यहरु थप भएका छन् । यस अघि ६ सदस्यहरुले कम्पनीसमक्ष शेयर विक्रीका लागि आवेदन पेश गरिसकेका छन् । असोज ६ गते कम्पनी समक्ष सिद्धार्थ इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट प्रालि, ऋषिकेश गौली, मार्कण्डेयर अधिकारीले र दिपक अधिकारीले शेयर विक्रीको लागि लिखित जानकारी पेश गरेका हुन ।

७ असोज २०८३
कालिञ्चोक दर्शनको आधारभूत शेयरधनीहरुले शेयर विक्रीको तयारी बढाउँदै, १२ जनाको विक्री आवेदन
दृश्य टिभी

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको शेयर विक्री गर्न चार सदस्यहरु थप भएका छन् । यस अघि ६ सदस्यहरुले कम्पनीसमक्ष शेयर विक्रीका लागि आवेदन पेश गरिसकेका छन् । असोज ६ गते कम्पनी समक्ष सिद्धार्थ इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट प्रालि, ऋषिकेश गौली, मार्कण्डेयर अधिकारीले र दिपक अधिकारीले शेयर विक्रीको लागि लिखित जानकारी पेश गरेका हुन ।

कम्पनीका अनुसार सिद्धार्थ इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट प्रालिले ३ लाख १५ हजार कित्ता, ऋषिकेश गौलीले १ लाख ४७ हजार ९०८ कित्ता, मार्कण्डेयर अधिकारीले १ लाख ९१ हजार ८९८ कित्ता र दिपक अधिकारीले २ लाख ६ हजार ९०७ कित्ता शेयर धारण गरेका छन् । यी शेयरधनीहरुले आगामी तीन महिनाभित्र आफ्नो स्वामित्वको शेयर विक्री गर्ने इच्क्षा कम्पनी समक्ष जाहेर गरेका हुन ।

यस अघि हरिश चटौतले १ लाख ५७ हजार ५०० कित्ता , बबिन सिवाकोटीले १ लाख ५७ हजार ५६३ कित्ता, रमेश राज शिवाकोटीले १ लाख २२ हजार १० कित्ता , उमेश राज शिवाकोटीले ३ लाख २८ हजार १५६ कित्ता, गुरु प्रसाद अधिकारीले ६ लाख १ हजार २३० कित्ता, सुजन उप्रेतीले ९४ हजार ५०० कित्ता, थानेश्वर बस्यालले १ लाख १५ हजार ५०० कित्ता र गिता उप्रेतिले ७८ हजार ७५० कित्ता शेयर विक्री गर्न कम्पनीलाई लिखित जानकारी गराएका छन् । हालसम्म १२ जना आधारभूत शेयरधनीहरुले आफ्नो शेयर विक्री गर्ने जानकारी कम्पनीलाई दिएका हुन ।

भदौ ९ गते नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरुमा एक निर्देशन जारी गर्दै आधारभूत शेयरधनीहरुले आफूले धारण गरेको शेयरको ५ प्रतिशत वा सोभन्दा बढी शेयर विक्री गर्न चाहेमा १५ दिनअघि जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो । यस कम्पनीको कुल ६३ लाख कित्ता शेयर दोस्रो बजारमा सूचीकृत छन् । कुल कित्ता शेयरमध्ये संस्थापकतर्फ ८० प्रतिशत र सर्वसाधारणतफै २० प्रतिशत स्वामित्व भएपछि हाल कम्पनीको संस्थापक शेयर पनि सर्वसाधारण शेयरको मूल्यमा कारोबार भैरहेको छ । कम्पनीको तीन वर्षसम्म लकइनमा रहेको संस्थापक, कर्मचारी र आयोजना प्रभावित स्थानीय तर्फको शेयर समेत गत माघ १७ गतेपछि लकइन खुला भैसकेको छ ।

लकइन खुला भएपनि दोहोरो आईजीनको विवादका कारण कारोबार हुन नसकेको संस्थापक शेयर भदौ १७ गते सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले एकल आईजीन प्रदान गरेसँगै कम्पनीको संस्थापक तर्फको शेयर समेत कारोबारमा आएको हो ।